Techie IT
२०८३ असार ४, बिहीबार

डोटीमा मध्यराति जिप दुर्घटना: ९०० मिटर तल भेटियो जिप, दुई जनाको मृत्यु


डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला क्षेत्रमा भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको ज्यान गएको हो।

दुर्घटना गएराति करिब साढे १२ बजे भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीबाट अनियन्त्रित भई सडकबाट खसेको थियो।

दुर्घटनापछि जिप र शव करिब ९०० मिटर तल सायली गाडमा पुगेको प्रहरीले जनाएको छ। हाल मृतकहरूको शव खोलाबाट सडकसम्म ल्याउने काम भइरहेको छ।

प्रहरीका अनुसार जिप चालक सुबोध रोकाया नै रहेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट