Techie IT
२०८२ चैत्र २०, शुक्रबार

हायसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु


बाँकेको राप्तीसोनारी गाउँपालिका–६ डाँडाटपरीस्थित सडकमा हायस गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

भे.१ ज १५०५ नम्बरको हायसले ठक्कर दिँदा सोही स्थानका जयपती रानाका अन्दाजी ६ वर्षीय छोरा सगुन राना गम्भीर घाइते भएका थिए। उनको भेरी अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले हायस चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट