Techie IT
२०८२ चैत्र २२, आइतबार

भरतपुरमा भीषण दुर्घटना : बस, बलेरो र अटो जुध्दा १५ जना घाइते


भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बलेरो ठोक्किएका थिए। सोही क्रममा पछाडिबाट आइरहेको बा प्र ०३–००१ ह २५४८ नम्बरको अटोसमेत बलेरोमा ठोक्किन पुगेको थियो।

दुर्घटनामा घाइतेमध्ये १४ जना बसमा सवार यात्रु र एक जना अटोचालक रहेका छन्। घाइतेमध्ये सात जनाको भरतपुर अस्पताल, चार जनाको चितवन मेडिकल कलेज र चार जनाको नेसनल सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट