Techie IT
२०८२ चैत्र २९, आइतबार

कैलालीमा जिप–मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु


कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका - १ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१ - ००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशाबाट आइरहेको बा २६ प ३०२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २२ वर्षीय राम मिलन चौधरीको ज्यान गएको हो।

धनगढी उपमहानगरपालिका - १९ फूलबारी निवासी चौधरी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि निसर्ग अस्पताल लगिएकोमा उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न जिप र चालक भजनी नगरपालिका - ५ निवासी २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली ले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट