Techie IT
२०८३ वैशाख २२, मंगलबार

एकै दिन तीन जिल्लामा दर्दनाक दुर्घटना, ३ जनाको मृत्यु


आज देशभर सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका-७ सलकपुरस्थित सडकमा प्र.१-०१-००१ ख ४३०३ नम्बरको ट्रक र को.१० प ८१२८ नम्बरको मोटरसाइकल ठोक्किँदा मंगलबार दिउँसो गम्भीर दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनकुटा छथरजोरपाटी गाउँपालिका-१ निवासी २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका बुढाथोकीको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार अन्य दुई जना घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। 

यसैगरी, बागमती नगरपालिका-२ धरहरा चोकस्थित सडकमा बीआर ३३ बीएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका सोही नगरपालिका-२ धरहरा टोल निवासी ७५ वर्षीय हरि बहादुर अधिकारीको एलएस न्यूरो अस्पताल बारामा उपचारका क्रममा ज्यान गएको हो। मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन्। बर्दिबास नगरपालिका-४ लक्ष्मी खोलापूर्व सडकखण्डमा प्र.२-०२-००१ त २१०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृतक सोही नगरपालिका-५ गढन्ता टोल निवासी २६ वर्षीय अनिल कार्की रहेको प्रहरीले जनाएको छ।सिराहा नगरपालिका-१७ माडर चोक नजिक प्र.२-०१-००४ प ९३४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।

मृतक ३ वर्षीया अलीना खातुन रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट