Techie IT
२०८३ वैशाख ३१, बिहीबार

बैतडीमा मन्त्री चढेको गाडी र बस आपसमा ठोक्किए, जोगिए मन्त्री भट्ट


सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार सरकारी गाडी बैतडीमा दुर्घटनामा परेको छ।

मेलौली नगरपालिका–२ सलेनामा आज साँझ ५:२० बजे मन्त्री भट्ट सवार सु.प.प्र. ०१–००१ झ ४५२ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२–००१ ख १५३७ नम्बरको बस एक आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको बस र मन्त्रीको गाडी आपसमा ठोक्किँदा गाडीको अगाडिको बम्परमा क्षति पुगेको छ। दुर्घटनामा मन्त्री भट्टसहित गाडीमा सवार सबैजना सुरक्षित रहेका छन्। कुनै मानवीय क्षति नभएको र घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट