Techie IT
२०८३ असोज ७, बुधबार

डडेलधुरामा जिप भिरबाट खस्दा दुई जनाको मृत्यु


डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ बजे अनियन्त्रित भई सडकबाट झन्डै ५०० मिटर तल भिरमा खसेको हो।

दुर्घटनाको सूचना पाउनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेको थियो। उद्धार गरिएका पाँचै जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। मृतक र घाइतेहरूको पहिचान खोल्ने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट