Techie IT
२०८३ श्रावण ६, बुधबार

बारा र बाजुरामा अनियन्त्रित भई गाडी दुर्घटना, ४ जनाको मृत्यु


बारा र बाजुराका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।

बाराको कलैया उपमहानगरपालिका-४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै गए राति बा. १ क ४८३६ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा जितपुर सिमरा उपमहानगरपालिका-८ इमली चोकका ४० वर्षीय शिवनारायण पासवानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पासवानको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते भएका ट्रकमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, बाराकै प्रसौनी गाउँपालिका-७ बन्जरीमा सोमबार साँझ ना. ७ त ४३८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक प्रसौनी गाउँपालिका-५ प्रस्टोकाका २८ वर्षीय तेजनारायण साह तेलीको मृत्यु भएको छ। प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको आहे।

यता बाजुराको हिमाली गाउँपालिका-५ क्युडीस्थित सडकमा सोमबार दिउँसो सु. प. प्र. ०१-००१ ज १४७८ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा हिमाली गाउँपालिका-२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्ला ताजाकोट गाउँपालिका-५ का ४० वर्षीय अम्मर सिंह बुढा रहेका छन्। कोल्टी अस्पताल बाजुरामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा जिप चालकसहित घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट