Techie IT
२०८३ भाद्र ६, शनिबार

२४ घण्टामा सडक दुर्घटनाबाट पाँचजनाको मृत्यु


देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। कैलाली, सप्तरी, चितवन र नवलपरासी पूर्वमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

कैलालीको जानकी गाउँपालिका–७ चिलिम चौराहास्थित सडकमा सु.प.प्र. ०१–००१ स ५४३९ नम्बरको पानी बोक्ने ट्यांकर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्यांकरमा सवार टीकापुर नगरपालिका–१ बनगाउँका १५ वर्षीय लक्ष्मण घर्ती मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका घर्ती मगरको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएको छ।

सप्तरीको राजविराज नगरपालिका–६ स्थित सडकमा को.१ ख ४६०७ नम्बरको ट्रकले स.११ प ५५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपनी गाउँपालिका–२ रामपुरका ५० वर्षीय भागवत प्रसाद शाहको मृत्यु भएको छ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका शाहको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

चितवनको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित सडकमा बा.प्र.०३–००१ ख २७७३ नम्बरको बस र बा.प्र.०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार हाल नाम, थर र वतन नखुलेका दुई जनाको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३ स्थित सडकमा बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना.२९ प ६७०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक गैँडाकोट–३ ढोडेनीका ४० वर्षीय हिरा बहादुर सारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सारूको भरतपुर सरकारी अस्पताल, चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चारवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट