Techie IT
२०८३ भाद्र २०, शनिबार

२४ घण्टामा सडक दुर्घटनाबाट चार जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ। तीव्र गति र लापरबाहीका कारण लगातार ज्यान गुम्ने क्रम बढेको छ।

झापा र मोरङमा पैदलयात्रीको मृत्यु
झापा: भद्रपुर नगरपालिका-२ चाराली चोकमा धिमाल धुराबाट आउँदै गरेको प्र.१-०१-००२ ह ८४६८ नम्बरको सिटी रिक्साको ठक्करबाट पैदलयात्री ६४ वर्षीय पूर्णबहादुर पराजुलीको शुक्रबार राति मृत्यु भएको छ। उपचारका क्रममा उनको ओम साई पाथिभरा अस्पतालमा निधन भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

मोरङ: बेलबारी नगरपालिका-९ नलबारीमा प्र.१-०२-०५३ प ६६५१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री ७५ वर्षीया बेग्री राजवंशीको शुक्रबार राति ज्यान गएको छ। गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको हो भने स्कुटरमा सवार अर्का एकजना घाइतेको नोबेल अस्पतालमा उपचार भइरहेको छ।

चितवन र सुर्खेतमा पनि थप दुईको ज्यान गयो
चितवन: रत्ननगर नगरपालिका-९ टिकौली जंगल नजिक मिनी ट्रक (लु.प्र.०१-००१ ख ००४५) ले स्कुटर (ना.३७ प ७०९६) लाई ठक्कर दिँदा स्कुटर चालक राप्ती नगरपालिका-७ का ३८ वर्षीय राजकुमार दर्जीको शनिबार बिहान मृत्यु भएको छ। नयाँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडामा मोटरसाइकल (क.प्र.०२-००२ प १३९९) दुर्घटना हुँदा चालक बराहताल गाउँपालिका-४ का १९ वर्षीय जीवनबहादुर शाहीको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो उनको ज्यान गएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट