१९ वर्षदेखि फरार सवारी ज्यान मुद्दाका प्रतिवादी भक्तपुरबाट पक्राउ
सवारी ज्यानसम्बन्धी कसूरमा १९ वर्षदेखि फरार रहँदै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का ५२ वर्षीय राजन भन्ने यमनाथ चालिसेलाई प्रहरी वृत्त ठिमी, भक्तपुरबाट खटिएको टोलीले भदौ ३० गते मध्यपुर ठिमी नगरपालिका-६ बाट पक्राउ गरेको छ।
चालिसेमाथि २०६५ जेठ २६ गते मध्यपुर ठिमी-२ सानेठिमीस्थित सडकखण्डमा सवारी दुर्घटना गराएर सोही मितिदेखि फरार रहेको आरोप रहेको छ भने उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस