Techie IT
२०८३ मंसिर १३, शनिबार

शिक्षक सेवा आयोगको परीक्षा केन्द्रबाट २० थान मोबाइल जफत


मकवानपुर । शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र तथा शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट २० थान मोबाइल फोन जफत गरिएको छ ।

परीक्षा हलभित्र मोबाइल फोन लैजान नपाउने पूर्वसूचनाको बेवास्ता गर्दै २० जना परीक्षार्थीले लुकाइछिपाइ मोबाइल भित्र्याएपछि ती फोन नियन्त्रणमा लिइएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

परीक्षाको निष्पक्षता, गोपनीयता र मर्यादा कायम राख्न शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन निर्देशिकाले परीक्षा हलमा मोबाइल फोनलगायतका विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरेको छ । सोही नियम उल्लंघन गर्ने परीक्षार्थीका मोबाइल जफत गरिएको प्रशासनले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट