Techie IT
२०८२ जेष्ठ २, शुक्रबार

कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु


काठमाडौं, नयाँ बानेश्वरस्थित कात्यानी चोकमा कारको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ ।

मृत्यु हुने बालकको परिचय भारत घर भई काठमाडौंमा परिवारसँग बस्दै आएका शिवांश झा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।

बागमती प्रदेश-०१-०३१ च ९५६३ नम्बरको कारले झालाई शुक्रबार कात्यानीबाट भीमसेनगोलातर्फ जाँदै गर्दा ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा रहेका बालकलाई तत्कालै उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको थियो तर उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनापछि कार चालक रमेश कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट