Techie IT
२०८२ कार्तिक २, आइतबार

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


रौतहटको चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गरुडाबाट चपुरतर्फ आउँदै गरेको बिआर३०यु ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका–२ का ४० वर्षीय दीनानाथ साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । साहको उपचारका क्रममा बेटर नेपाल अस्पतालमा मृत्यु भएको प्रनाउ कार्कीले बताएका छन् ।

मोटरसाइकलको पछाडि सवार गरुडा–८ का २५ वर्षीय शम्भु साहको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ । उहाँको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप भ्यानका चालक फरार छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट