Techie IT
२०८२ भाद्र ९, सोमबार

मिथिलाञ्चलमा जितिया पर्व: ३६ घण्टे निर्जल व्रत सुरु

यो पर्व सोमबार नहा खा (नुहाएर खानु) विधिबाट सुरु भएको हो, जसअनुसार महिलाहरूले सोमबार नदी, तलाउमा स्नान गरी पूजाआजा गर्दै आज मंगलबारदेखि ३६ घण्टे उपवासमा बसेका छन्।


मिथिलाञ्चल क्षेत्रमा मनाइने पवित्र जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म चल्ने निर्जल र निराहार उपवास सुरु भएको छ। सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति र पारिवारिक सुखशान्तिका लागि यो पर्व महोत्तरीसहित मिथिलाञ्चलका विभिन्न स्थानहरूमा मनाइन्छ।

यो पर्व सोमबार नहा खा (नुहाएर खानु) विधिबाट सुरु भएको हो, जसअनुसार महिलाहरूले सोमबार नदी, तलाउमा स्नान गरी पूजा आजा गर्दै आज मंगलबारदेखि ३६ घण्टे उपवासमा बसेका छन्। मिथिला पञ्चाङ्गअनुसार उपवास बुधबार साँझ ५ बजे समाप्त हुनेछ।

जलेश्वरनाथ मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकका अनुसार महिलाहरूले सोमबार नुहाएर भगवान् जितमाहन र पितृलाई प्रसाद चढाएपछि परिवारलाई खुवाउने र त्यसपछि उपवास बस्ने परम्परा छ। पौराणिक कथा र जनविश्वासका आधारमा यो पर्व सन्तानका लागि विशेष मानिन्छ।

यो पर्व मिथिलाञ्चलका महिलाहरूको सांस्कृतिक, धार्मिक आस्था र तान्त्रिक महत्वलाई उजागर गर्ने पर्व हो, जसलाई अत्यन्त पवित्र व्रत मानिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट