Techie IT
२०८३ वैशाख १२, शनिबार

फूलपातीको दिन पनि मौसम अस्थिर, धेरै ठाउँमा वर्षाको सम्भावना


बडा दसैंको फूलपाती (सोमबार) को दिन देशभर मौसम सफा छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर भए पनि स्थानीय वायूको असर जारी छ।

महाशाखाले सोमबार बिहान जारी गरेको २४ घण्टे मौसम बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारण बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत छ।

राति गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा साधारण बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। गण्डकीका केही स्थान, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार बिहानैदेखि राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट