Techie IT
२०८२ असोज २१, मंगलबार

देशका पश्चिमी भूभागमा पश्चिमी वायु, बाँकी क्षेत्रमा कमजोर मनसुनको प्रभाव


सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने, गण्डकी प्रदेशको पश्चिमी भागमा आंशिक प्रभाव र बाँकी प्रदेशहरूमा मनसुनी वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ। तराई भूभागमा भने आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशका पहाडी भागका केही स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट