Techie IT
२०८२ कार्तिक ९, आइतबार

अमादब्लम आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु


जारी शरद ऋतु पर्वतारोहण सिजनमा अमादब्लम हिमाल आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ।

पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत आरोहणमा सहभागी फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको हो। ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएपछि क्याम्प–३ बाट हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो। उपचारका क्रममा ७ कात्तिकमा उनको मृत्यु भएको विभागले जनाएको छ।

त्यसैगरी, ८के एक्सपिडिसन मार्फत अमादब्लम आरोहणमा गएका कोरियाली नागरिक होङखाई पार्कको आइतबार मृत्यु भएको विभागले जनाएको छ। उनी क्याम्प–१ र क्याम्प–२ बीचमा आरोहणकै क्रममा ज्यान गुमाएका हुन्।

पर्यटन विभागका अनुसार दुवै आरोहीका शव सम्बन्धित मुलुकमा पठाउने तयारी भइरहेको छ। यसका लागि विभागले आवश्यक समन्वय र सहजीकरण प्रक्रिया अघि बढाइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट