Techie IT
२०८२ फागुन २६, मंगलबार

देशका विभिन्न स्थानमा जारी वर्षा कहिले रोकिन्छ ?


काठमाडौंलगायत देशका विभिन्न स्थानमा जारी वर्षा अझै केही समय निरन्तर रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् गोविन्द झाका अनुसार अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को संयुक्त प्रभावले हाल देशका धेरै भागमा वर्षा भइरहेको छ।

उनले भने, “आज कोसी प्रदेशमा सबैभन्दा बढी वर्षा हुनेछ। वाग्मती, मधेस र गण्डकी प्रदेशमा मध्यम वर्षा हुने सम्भावना छ।”

झाका अनुसार कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा र वाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी भूभागका केही स्थानमा हल्का हिमपात पनि हुन सक्छ।

उनले थपे, “बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव क्रमशः कमजोर हुँदै जान थालेको छ। आज साँझबाट वा भोलिबाट मौसम सुधारको प्रक्रिया सुरु हुनेछ। तर, तत्कालै वर्षा पूरै रोकिन्छ भन्ने होइन।”

मौसमविद् झाका अनुसार न्यूनचापीय प्रणालीले अझै पनि जलवाष्पयुक्त हावा देशभर पठाइरहेकाले वर्षा भइरहेकाे छ। “मोन्था र न्यूनचापीय प्रणालीको प्रभाव क्रमशः घट्दै गएसँगै मौसम पनि विस्तारै खुल्दै जानेछ,” उनले स्पष्ट पारे।

काठमाडौंमा आज पनि वर्षा हुने उनले जानकारी दिए। “अपराह्नपछि वर्षा केही घट्नेछ,” झाले भने, “हिजोको जस्तो निरन्तर वर्षा हुने छैन, तर बेलाबेलामा पानी पर्ने, रोकिने र फेरि पर्ने क्रम चलिरहनेछ।”

उनका अनुसार भोलिदेखि भने काठमाडौंमा मौसम अपेक्षाकृत सफा रहनेछ। “अहिलेसम्मको तथ्यांक हेर्दा भोलि काठमाडौंमा वर्षा हुने सम्भावना देखिँदैन,” उनले भने, “तर, मौसमीय प्रणालीहरू विकास र परिवर्तन भइरहने भएकाले ठ्याक्कै यकिन गर्न सकिँदैन।”

विभागका अनुसार आज दिउँसो कोसी प्रदेशका केही स्थानमा वर्षा हुने र मधेस, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण बिहीबारदेखि देशका धेरै स्थानमा मौसम बदली भई निरन्तर वर्षा भइरहेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट