Techie IT
२०८३ वैशाख १२, शनिबार

आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान


देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको र अन्य अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। राति पनि यही अवस्थाको निरन्तरता रहने महाशाखाले जनाएको छ।

यस्तै, सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट