Techie IT
२०८३ वैशाख ११, शुक्रबार

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी स्थानमा वर्षा–हिमपातको सम्भावना


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पछिल्लो समय चिसो क्रमशः बढ्दै गएको पनि महाशाखाले उल्लेख गरेको छ। आज बिहान ५ः४५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको थियो। यस्तै, कीर्तिपुरमा २.७४ र ललितपुरको खुमलटारमा २.४० डिग्री सेल्सियस तापक्रम रहेको जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट