Techie IT
२०८३ असार २२, सोमबार

पश्चिमी वायू सक्रिय, यी स्थानमा हिमपात र वर्षाको सम्भावना


हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा समेत हल्का वर्षा हुन सक्ने बताइएको छ।

त्यस्तै, आज राति पनि देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट