Techie IT
२०८३ असार २०, शनिबार

तुवालोले ढाकियो काठमाडौं, विश्वका प्रदूषित सहरमध्ये दोस्रो स्थानमा


पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तुवालो बढेसँगै वायु प्रदूषणको स्तर उच्च भएको छ। हाल देशका धेरै ठाउँमा हावाको गुणस्तर बिग्रँदै गएको देखिएको छ।

वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आइक्यूएयर’ (IQAir) का अनुसार मंगलबार दिउँसो १ बजेसम्म विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौं दोस्रो स्थानमा पुगेको छ।

काठमाडौंको हावाको गुणस्तर सूचकांक (AQI) १९० भन्दा माथि पुगेको छ, जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक स्तर मानिन्छ। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरू बढी प्रभावित हुन सक्ने चिकित्सकहरूले बताएका छन्।

वायु प्रदूषण बढेसँगै स्वास्थ्यकर्मीहरूले अत्यावश्यक बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा संवेदनशील समूहलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट