Techie IT
२०८३ श्रावण २, शनिबार

काठमाडौँमा बाढी र डुबानको उच्च जोखिम, आज राति र भोलि भीषण वर्षाको सम्भावना


देशभर मनसुन सक्रिय भएसँगै संघीय राजधानी काठमाडौँ उपत्यकामा बाढी र डुबानको जोखिम निकै बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति र भोलि उपत्यकामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

वर्षासँगै काठमाडौँका प्रमुख नदी तथा खोलाहरूको जलसतह खतराको तह पार गर्न सक्ने भएकाले नदीकिनारका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले चेतावनी दिएका छन् ।

महाशाखाका मौसमविद् विनोद पराजुलीका अनुसार विशेषगरी उपत्यकाका होचा स्थान, नदी तथा खोला किनार र आसपासका बस्तीमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनु आवश्यक छ । देशभर नै मनसुनी प्रणाली सक्रिय रहेकाले अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ । महाशाखाले मौसम तथा बाढीसम्बन्धी पछिल्लो सूचनामा निरन्तर अद्यावधिक (अपडेट) रहन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत आम नागरिकलाई आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट