Techie IT
२०८३ श्रावण ६, बुधबार

६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह


हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ। यसको प्रभावले आज देशभर सामान्यदेखि पूर्ण बदली (बादल लाग्ने) रहनेछ भने धेरैजसो भू-भागमा वर्षाको सम्भावना छ।

आज दिउँसोको मौसम
आज पहाडी क्षेत्रमा देशका अधिकांश पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ।

हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातिको मौसम
आज राति देशभर साधारणतया बादल लागिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुनसक्नेछ भने अन्य प्रदेशका पहाडी र तराई भू-भागमा थोरैदेखि केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । भारी वर्षा र चट्याङको जोखिम रहेकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका पहाडी भू-भागका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट