Techie IT
२०८२ भाद्र १९, बिहीबार

जिब्रो छेड्ने जात्रा

जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई दुई लाख रुपैयाँ दिइने


बागमती प्रदेश सरकारले भक्तपुरमा हुने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा सहभागी हुने व्यक्तिलाई दुई लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जात्राको संरक्षण र निरन्तरताका लागि ‘जिब्रो छेड्ने’लाई उपचार तथा प्रोत्साहन स्वरूप प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार संस्कृति तथा पर्यटन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै यो निर्णय गरिएको हो । उनले भने, “मुख्यमन्त्री साहसी तथा संस्कृति संरक्षण प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो प्रोत्साहन रकम प्रदान गरिनेछ ।”

तामाङका अनुसार परम्परालाई निरन्तरता दिने व्यक्तिहरूको सङ्ख्या घट्दै गएकाले जात्रा लोप हुने सम्भावना देखिएकाले यो निर्णय गरिएको हो । उक्त रकम जिब्रो छेड्ने व्यक्तिको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने र संस्कृतिको संरक्षणमा योगदानबापत सम्मानस्वरूप प्रदान गरिने उनले जानकारी दिए ।

भक्तपुरमा वर्षमा दुई पटक यो जात्रा आयोजना हुने गर्दछ । वैशाख २ गते बोडेमा हुने र भाद्र शुक्ल पूर्णिमाका दिन (येन्या पुन्ही) थिमीको दिगुटोलमा हुने जात्रामा सहभागी भएर जिब्रो छेड्ने व्यक्तिले अब प्रदेश सरकारबाट प्रतिव्यक्ति २ लाख रुपैयाँ पाउनेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट