Techie IT
२०८३ असोज १९, सोमबार

पशुपतिनाथ मन्दिरभित्र राखिएको फलामको बार र आकाशेपुल हटाइने


विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरभित्र राखिएको फलामको बार हटाइने भएको छ। भक्तजनलाई लाइन व्यवस्थापन गर्न सहज होस् भनेर वर्षौँअघि राखिएको फलामको बारले सम्पदाको संरचनामा नकारात्मक असर पार्ने निष्कर्ष आएपछि हटाउन लागिएको हो।

पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य–सचिव सुभाषचन्द्र जोशीका अनुसार मूल मन्दिरभित्रको लाइन व्यवस्थापन सुधार्ने उद्देश्यले फलामका बार हटाएर काठ र डोरीबाट लाइन बनाउने व्यवस्था मिलाइनेछ।

यसअघि पुरातत्व विभागले पनि कोषलाई मन्दिर क्षेत्रभित्रका फलामका बार तथा फलामबाटै निर्माण गरिएको आकाशेपुल हटाउन निर्देशन दिएको थियो।

विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्व सम्पदा क्षेत्रभित्र यस्ता फलामे संरचनाले सम्पदाको स्वरूपमा असर पर्ने भएकाले हटाउन पत्राचार गरिएको जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट