Techie IT
२०८२ पौष ६, आइतबार

आज ‘विश्व ध्यान दिवस’ मनाइँदै


संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज विश्वभर ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने निर्णय गरेको हो, जसअनुसार नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै गत वर्ष डिसेम्बर ७ तारिखमा डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। सोही निर्णयअनुसार नेपालमा गत वर्ष पहिलोपटक सरकारकै आयोजनामा टुँडिखेलमा ध्यान दिवस मनाइएको थियो।

यस वर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आज बिहान सैनिक मञ्च टुँडिखेलमा मुख्य कार्यक्रम आयोजना गरिएको छ। साथै, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानसम्बन्धी अन्तरक्रिया तथा सामूहिक ध्यान कार्यक्रम सञ्चालन हुँदैछ। अन्य सरोकारवाला निकायहरूले पनि देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेका छन्।

ध्यान अभियानमा संलग्न व्यक्तिहरूले नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। करिब एघार वर्षको निरन्तर प्रयासपछि संयुक्त राष्ट्रसङ्घबाट ध्यान दिवसलाई मान्यता मिलेको हो। सन् २०१४ देखि अघि बढाइएको प्रस्ताव गत वर्ष नेपालसहित १८ देशको समर्थनमा महासभाबाट पारित भएपछि विश्व ध्यान दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।

विश्व ध्यान दिवसले मानसिक शान्ति, आत्मअनुशासन र स्वस्थ जीवनशैली प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट