Techie IT
२०८२ वैशाख १८, बिहीबार

महायज्ञमा १० लाख रकम सङ्कलन


तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित बैङ्कटेश लक्ष्मीनारायण मन्दिरमा अक्षय कोष स्थापना तथा मन्दिर मर्मतसम्भार, धर्मशाला निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञमा आज एकैदिन रु १० लाख सङ्कलन भएको छ ।

महायज्ञ मूल समितिका संयोजक गोविन्दप्रसाद रजौरेका अनुसार महायज्ञमा तुलसीपुर–५ का जमुनाप्रसाद गुप्ताले रु एक लाख १५ हजार दान गरेका छन् । उनले आफ्ना परिवारजनको स्मृतिमा सो रकम दान गरेका हुन् ।

त्यस्तै राष्ट्रिय समाचार समिति (रासस) दाङ कार्यालयकी प्रमुख नारायणी रजौरेले आफ्ना पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, श्रीमान् हरिप्रसाद अधिकारी र भाई चन्द्रमणि रजौरेको स्मृतिमा रु एक लाख पाँच हजार दान गरेका छन् । यसैगरी तुलसीपुर–६ रजौराका गोविन्दप्रसाद लम्सालले रु एक लाख ११ हजार, सोही ठाउँका विजय थापाले रु एक लाख एक हजार पाँच सय पाँच तथा सोही ठाउँकै नवराज रजौरेले रु एक लाख एक सय ५५ दान गरे ।

त्यस्तै तुलसीपुर–६ का वासुदेव अधिकारीले रु एक लाख एक हजार, संयोजक गोविन्दप्रसाद रजौरेले रु एक लाख एक सय, बाँकेको कोहलपुरका हरिनारायण आचार्यले रु एक लाख एक हजार एक सय ११ तथा सल्यानको पिपल्नेटाका ईश्वरीप्रसाद गौतमले रु ५० हजार एक सय पाँच रकम दान गरेका छन् ।

महायज्ञको मूल वाचकमा मन्दिरका मठाधिश बाल ब्रह्मचारी स्वामी श्रीकेशव चार्य (सूर्यपाकी) रहनुभएको छ । महायज्ञमा धाञ्चल, तुलादान, गोवर्धन पूजा, १००८ शालिग्राम प्रदक्षिणा एवं अर्चना, गौपूजा, व्रतबन्ध, लक्ष्यवर्ती प्रज्वलन र ८४ पूजालगायत अवसर प्रदान गरिएको छ । दान गर्ने सबैलाई आजै एक कार्यक्रमबीच सम्मान गरिएको छ । उहाँहरुलाई वैष्णव परिषद्  नेपालका केन्द्रीय अध्यक्ष तथा स्वामी देवराजचार्यले दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेका हुन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट