Techie IT
२०८२ श्रावण ६, मंगलबार

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु


नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरको आठ वर्षीय छोरा आकाश राई मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएकामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उपचारका लागि अस्पताल ल्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट