आगलागीबाट करिब १६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट
सिन्धुली, २१ असोज
मरिण गाउँपालिका-६ हस्पिटल चोकस्थित प्राथामिक स्वाथ्य केन्द्रमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा लिथियम ब्याट्री १२ थान, हाईब्रिड इन्भटर १ सेट, पावर कन्ट्रोल २ थान, कलर कन्ट्रोल १ थान लगायतका सामानहरू गरी करिब १६ लाख रूपैयाँ बराबरको ईलेक्ट्रिक सामान जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस