Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

बोलबम दर्शनका लागि गएकी महिलाको डुबेर मृत्यु


काठमाडौंको सुन्दरीजलस्थित खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिर नजिकैको खोलामा आइतबार राति ३५ वर्षीया सन्ध्या धामी डुबेर ज्यान गुमाएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी कुलदिप चन्दका अनुसार बोलबम दर्शनका लागि गएकी धामी ढुंगामा चिप्लिएर खोलामा खसेकी थिइन्। चितवन स्थायी घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी उनी खोलामा डुबेपछि गम्भीर अवस्थामा पुगेकी थिइन्।

घटनापछि उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट