Techie IT
२०८३ असार २०, शनिबार

अविरल वर्षाका कारण आन्तरिक उडानहरू स्थगित


बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडानहरू स्थगित गरिएको छ।

विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलका आन्तरिक उडान प्रभावित भएका हुन्। उनले भने, “मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनमा छन्, तर अविरल वर्षाका समयमा आन्तरिक उडान गर्न जोखिम हुने भएकाले स्थगन गरिएको हो।”

जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको संभावना रहेको छ। विभागले विशेषगरी राति थप वर्षा हुने चेतावनी समेत जारी गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट