Techie IT
२०८२ माघ १०, शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा ठप्प, मर्मत र सञ्चालनमा ल्याउन कम्तीमा सात दिन लाग्ने


असोज १८ गतेदेखि लगातार परेको वर्षाका कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण हाल बीपी राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ।

खोलामा ठूलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको स्थानलाई उठाएर रोशी खोलाको किनारमा निर्माण गरिएको सडकका अधिकांश भाग फेरि बगाएको नेपाल थोकका राज मैनालीले जानकारी दिएका छन् ।

गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा आएको बाढीका कारण बीपी राजमार्गमा व्यापक क्षति भएको थियो।

अघिल्लो वर्ष असोज महिनामा बाढीले बगाएको बाटो अस्थायी रूपमा सञ्चालनमा ल्याइएको थियो, तर हाल पुनः सोही सडक बगाएको छ । सडक अवरुद्ध भएपछि पूर्वतर्फबाट काठमाडौं आउजाउ गर्ने सवारीसाधन अब दोलखाको चरिकोट हुँदै आवतजावत गर्नुपर्ने भएको छ।

सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार बीपी राजमार्ग मर्मत र सञ्चालनमा ल्याउन कम्तीमा सात दिन लाग्नेछ। उनका अनुसार खोलामा पानीको बहाव घटेपछि मात्र सडक मर्मत कार्य सुरु गरिनेछ। जैशीले गत वर्षजस्तै यसपालि पनि खोलाले सडक कटान गरेको जानकारी दिएका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट