Techie IT
२०८३ असार २०, शनिबार

३ महिनाका लागि इलाम विपद् संकटग्रस्त क्षेत्र घोषणा


सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोबाट सर्वाधिक क्षति पुगेको इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्रका रूपमा घोषित गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको र धेरै घरधुरी विस्थापित भएकाले यस्तो निर्णय गर्नुपरेको हो।

उनका अनुसार सरकारले उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्र बनाउन पनि निर्देशन दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट