Techie IT
२०८२ माघ १०, शनिबार

लार्के पास पार गर्ने क्रममा भक्तपुरका युवाको मृत्यु


Photo: Hike on Travel

मनास्लु पदयात्राका क्रममा लार्के पासमा भक्तपुरका २३ वर्षीय रोहन प्रजापतिको लेक लागेर मृत्यु भएको छ।

गोरखा जिल्लाको चुमनुव्री–१ सामागाउँस्थित लार्के पास क्षेत्रमा बिहीबार उनी बेहोस भएर ढलेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रजापति चार जना साथीसहित मनास्लु पदयात्रामा गएका थिए। अन्य साथीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

डीएसपी श्रेष्ठका अनुसार, “धर्मशाला पार गरेर लार्के पास नजिक पुगेपछि उनलाई लेक लागेको रहेछ। शव सामागाउँ ल्याएर हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ,” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट