Techie IT
२०८२ पौष १९, शनिबार

मेक्सिकोको दक्षिणी क्षेत्रमा ६.५ म्याग्निच्युडको भूकम्प


मेक्सिकोको दक्षिणी क्षेत्रमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ७:५८ बजे गएको भूकम्पको केन्द्रबिन्दु दक्षिणी राज्य गुरेरोको सान मार्कोसबाट करिब १५ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ। भूकम्पको गहिराइ करिब १० किलोमिटर मापन गरिएको छ।

भूकम्पको धक्का राजधानी मेक्सिको सिटीसम्म महसुस गरिएको थियो। सहरमा भूकम्पको कम्पन महसुस हुनुभन्दा केही सेकेन्डअघि नै लाउडस्पिकरमार्फत भूकम्पीय चेतावनी जारी गरिएको थियो ।

भूकम्पको असर सोनोरा, बाजा क्यालिफोर्निया र ओक्साका राज्यसम्म फैलिएको जनाइएको छ। सम्भावित पराकम्पन आउन सक्ने आशङ्काका बीच प्रभावित क्षेत्रमा नागरिकहरू सतर्क अवस्थामा रहेका छन्।

भूकम्पपछि सहरी क्षेत्रमा हजारौँ बासिन्दा खुला स्थानमा निस्केर भेला भएका थिए। उनीहरू आफन्तजनको अवस्थाबारे जानकारी लिँदै सुरक्षित स्थानमा बसिरहेको देखिएको छ। हालसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट