Techie IT
२०८३ असार १७, बुधबार

करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते


मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ मापुङका ३५ वर्षीय राजकुमार गोलेको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ।

सोही गाउँपालिका-२ मोरेस्थित गाउँमा बिजुलीको पोल गाड्ने क्रममा हाईटेन्सन लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएका गोलेको चुरेहिल अस्पताल, मकवानपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा करेन्ट लागेर घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट