Techie IT
२०८२ चैत्र २७, शुक्रबार

वाइफाइ जडान गर्ने क्रममा झापामा महिलाको मृत्यु


झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जडान गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीया सुनिता बास्कीको घटनास्थलमै ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छोएपछि उनलाई करेन्ट लागेको थियो। गम्भीर झट्काका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको छ भने विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट