Techie IT
२०८३ असार ९, मंगलबार

श्राद्ध गर्दा कालिगण्डकीमा बगेर ८ वर्षीय बालकको मृत्यु


कालिगण्डकी नदीले बगाउँदा मुस्ताङमा एक बालकको मृत्यु भएको छ।

कागबेनीस्थित श्राद्धस्थल नजिक नदीमा बग्दा वारागुङ मुक्तिक्षेत्र–४ का ८ वर्षीय वरुण गौलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ बस्ने ३२ वर्षीया विमला गौलीसहित १२ जनाको टोली श्राद्ध गर्न कागबेनी पुगेको थियो। सोही क्रममा दिवंगत पितृको नाममा श्राद्ध गर्दै गर्दा बालक वरुण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

हराएका बालकको चप्पल नदी किनारमा फेला परेपछि प्रहरी चौकी कागबेनीबाट ४ जना, जिल्ला प्रहरी कार्यालयबाट ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल, ३३ गुल्म हेडक्वार्टर जोमसोमबाट ११ जनाको टोलीले खोजी कार्य सुरु गरेको थियो।

खोजीका क्रममा श्राद्धस्थलदेखि करिब एक किलोमिटर दक्षिण नदी किनारमा बालक अचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट