Techie IT
२०८३ कार्तिक १, शनिबार

फेवातालमा डुंगा पल्टियो, युवकको सकुशल उद्धार


कास्कीको पोखरास्थित फेवातालमा आएको अचानक हावाहुरीका कारण कायक डुंगा पल्टिँदा एक जना अलपत्र परेका छन्।

बुधबार आएको तीव्र हावाहुरी र छालका कारण डुंगा पल्टिएको हो। तनहुँको भिमाद नगरपालिका घर भई हाल पोखरा  महानगरपालिका–६ बैदाम बस्दै आएका २८ वर्षीय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको थियो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।

घटनापछि फेवाताल क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट