Techie IT
२०८३ जेष्ठ ३१, आइतबार

मेचीनगरमा जंगली हात्तीको घातक आक्रमण, ६२ वर्षीया पौडेलको घटनास्थलमै मृत्यु


सांकेतिक

झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणमा परी एक वृद्धाको दर्दनाक मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।

आज बिहान सबेरै घरबाट बाहिर निस्कने क्रममा उनलाई अचानक जंगली हात्तीले आक्रमण गरेको थियो। हात्तीले कुल्चँदा गम्भीर घाइते भएकी पौडेलको केही समयमै ज्यान गएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय र स्थानीयको टोलीले मृतक पौडेलको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षण (पोस्टमार्टम) का लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पठाएको छ। झापाका सीमावर्ती क्षेत्रमा जंगली हात्तीको बढ्दो आउजाउ र आक्रमणका कारण स्थानीय बासिन्दा लामो समयदेखि त्रासमा बस्न बाध्य छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट