Techie IT
२०८३ असार १३, शनिबार

कैलालीमा नदीमा डुबेर १० वर्षीय बालकको मृत्यु


कैलालीको कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-११ आमबासा बस्ने राम बहादुर रावलका १० वर्षीय छोरा कृष्ण रावलको नदीमा डुबेर मृत्यु भएको हो ।

शनिबार दिउँसो स्थानीय कान्द्रा नदीमा नुहाउने क्रममा उनी अचानक डुबेर गम्भीर अशक्त भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि सुखडस्थित सीएस अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् ।

घटनाबारे थप बुझ्न स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट