Techie IT
२०८३ असार २९, सोमबार

पहिरोले देशका यी प्रमुख राजमार्ग ठप्प


File Photo

अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशका प्रमुख तथा सहायक राजमार्गहरू क्षतविक्षत भई यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरूमा पहिरो खस्दा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। हाल इलामको मेची राजमार्ग असार २३ गतेदेखि र काभ्रेको बिपी राजमार्ग पूर्ण रूपमा ठप्प छन्।

यस्तै, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, गुल्मीको मदन भण्डारी राजमार्ग, रोल्पाको सहिद मार्ग, अर्घाखाँचीको सालझन्डी–ढोरपाटन र कास्कीको पोखरा–ताङतिङ सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। भोजपुरस्थित मध्य पहाडी लोकमार्ग र पाल्पाको सिद्धार्थ राजमार्गमा भने पहिरो पन्छाएर यातायात एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट