रोल्पाको लुङग्रीमा चट्याङ लागेर ५९ वर्षीय खत्रीको मृत्यु
रोल्पाको लुङग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार राति घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ५९ वर्षीय वीरबहादुर खत्री गम्भीर घाइते भएका थिए। घाइते भएका खत्रीको स्थानीय स्वास्थ्य चौकी पाङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस