Techie IT
२०८३ भाद्र १७, बुधबार

अपर त्रिशुली १ मा बेपत्ता भएकाहरूको नामावली सार्वजनिक


गत भदौ १० गते गएको विनाशकारी बाढीपहिरोका कारण अपर त्रिशुली १ जलविद्युत आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। बाढीले बगाएर बेपत्ता पारेका विभिन्न निर्माण तथा कन्सल्ट्यान्ट कम्पनीका कर्मचारी र कामदारहरूको आधिकारिक सूची बाहिर आएको हो।

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका मात्रै १५ जना कर्मचारी तथा कामदारहरू हराइरहेका छन्। बेपत्ता हुनेमा ८ जना इन्जिनियर, अन्य अधिकृतस्तरका कर्मचारी र सवारी चालकहरू रहेको जनाइएको छ। यसैगरी, आयोजनामा आबद्ध ७ जना कन्सल्टेन्ट पनि सम्पर्कविहीन छन्।

यसैगरी, सोही आयोजनामा कार्यरत डुसान इनर्बिलिटी (Doosan Enerbility) कम्पनीका ५४ जना र एन्ड्रिज हाइड्रो (Andritz Hydro) कम्पनीका ९४ जनाभन्दा बढी कामदार तथा कर्मचारीहरू पनि बाढी आएदेखि नै बेपत्ता रहेको पाइएको छ।

विपद्को चपेटामा परेको अपर त्रिशुली १ जलविद्युत आयोजना क्षेत्रबाट अधिकांश कर्मचारी र कामदारहरू सम्पर्क बाहिर भएपछि उनीहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन परिवारजनले जोड दिँदै आएका छन्। कम्पनी तथा सम्बन्धित निकायले सार्वजनिक गरेको हराउनेहरूको सूचीमा रहेकाहरूको खोजी कार्य जारी राखिएको छ।

नामावली-



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट