त्रिशूली–३ ‘बी’ उद्धार अपडेट: बाढीले पुरिएको संरचना खोज्न १२औँ दिन पनि विफल
यहि भदौ १० गतेको भोटेकोसी बाढीले पुरिएको त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धार तथा खोजी कार्य बाह्रौँ दिन पनि जारी छ ।
पछिल्लो विवरणअनुसार हाल घटनास्थलमा तीनवटा मिनी एक्स्काभेटर प्रयोग गरेर उत्खनन र उद्धार कार्य भइरहेको छ । यसका साथै, थप तीनवटा ठूला एक्स्काभेटर परिचालन गर्नका लागि सुरुङ खाली गर्ने र पहुँचमार्ग (एक्सेस रोड) तयार पार्ने काम पनि तीव्रताका साथ भइरहेको छ ।
विभिन्न बाधा तथा चुनौतीहरूका बाबजुद सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै जेसीबी ब्रेकरलगायत उपलब्ध उपकरणहरूको सहायताले उद्धार र उत्खननलाई द्रुत गति दिइएको आयोजनाले जनाएको छ ।
हालसम्म भवनका भग्नावशेषका मुख्य भागहरू फेला पर्न नसके पनि खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस