सप्तकोशीमा बढ्यो खतरा
कोसी ब्यारेज
सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि सम्भावित खतरा बढेको छ। कोशी परियोजनाले दिएको जानकारी अनुसार दिनभरको तुलनामा राति पानीको सतह अझ बढेको छ।
राति ९ बजे गरिएको जलमापनअनुसार सप्तकोशी नदीमा १ लाख ८५ हजार १३० क्युसेक पानीको बहाव पुगेको छ। पानीको सतह निरन्तर बढेसँगै सुरक्षा सतर्कता अपनाउँदै कोशी ब्यारेजका २३ वटा ढोका खुला गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस