बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध
लगातारको वर्षाका कारण प्रसिद्ध बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा ठूलो पहिरो खस्दा सडक सञ्चालनमा बाधा पुगेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक नै भासिएको छ।
घटनास्थलमा लगातार पानी परिरहेकाले खसेको पहिरो पन्छाउन र भासिएको सडकको मर्मतसम्भार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि लमजुङबाट मनाङ आवतजावत गर्ने यातायातका साधनहरू पूर्ण रूपमा ठप्प भएका छन् भने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस