ब्याडमिन्टनमा क्षितिज खनाल अन्तिम-३२ बाट बाहिरिएसँगै नेपालको यात्रा समाप्त
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष एकल स्पर्धामा नेपालका क्षितिज खनाल अन्तिम-३२ बाट बाहिरिएका छन्। इचिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा आज (शनिबार) भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २-० को सोझो सेटमा पराजित भए। उनले १४-२१ र ९-२१ को अंकमा हार व्यहोरेका हुन्।
यसअघि क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुइलाई २-० को सेटमा हराउँदै उत्कृष्ट सुरुआत गरेका थिए। एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाडीको यो नै एकमात्र जित रह्यो। क्षितिजको पराजयसँगै यस प्रतियोगितामा नेपालको एकलतर्फको चुनौती पनि समाप्त भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस